सरकारले ग-यो सातै प्रदेशका प्रमुखहरुको नियुक्ति खारेजको निर्णय « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सरकारले ग-यो सातै प्रदेशका प्रमुखहरुको नियुक्ति खारेजको निर्णय


२१ असार २०७५, बिहिबार


काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्ति पनि खारेज गर्ने निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्ति पाएका प्रदेश प्रमुखहरुको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो।

माघ ३ मा नियुक्ति पाएका प्रमुखहरुको पद मन्त्रिपरिषद् बैठकले खारेजी गर्ने निर्णय गरेको छ । ती ठाउँमा नयाँ व्यक्ति नियुक्त हुने कानुनमन्त्री तामाङले बताएका छन् ।

तत्कालीन सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्ति गरेको थियो । प्रदेश १ का लागि गोविन्द सुब्बा, २ का रत्नेश्वरलाल कायस्थ, ३ की अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ५ का उमाकान्त झा, ६ का दुर्गाकेशर खनाल र ७ का मोहनराज मल्ल प्रदेश प्रमुख नियुक्त गरिएका थिए।

संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ।

सरकारको सिफारिस राष्ट्रपतिले स्विकार गरेमा प्रदेश प्रमुखको पद रिक्त हुनेछ।

सरकारले निर्वाचन आचारसंहिता लागू भएदेखि नयाँ सरकार गठनहुनु अघिका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस