शिक्षामा लगानी अनुरुपको प्रतिफल आउनुपर्नेमा मन्त्री अधिकारीको  जोड  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षामा लगानी अनुरुपको प्रतिफल आउनुपर्नेमा मन्त्री अधिकारीको  जोड 


२१ असार २०७५, बिहिबार


पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उनले  सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा गरेको लगानी अनुरुपको प्रतिफल आउनुपर्नेमा जोड दिए ।

साविकको जिल्ला शिक्षा कार्यालयबाट ५२ लाख, विद्यालयको आन्तरिक स्रोतबाट ८४ लाख ९५ हजार र सांसद विकास कोषको १५ लाख गरी कूल एक करोड ५१ लाख ९५ हजारको लागत निर्माण सम्पन्न गरिएको हो ।

२०२५ सालमा स्थापना भई निमावि तहको कक्षा सञ्चालन गरेको सो विद्यालयले २०४३ मा मावि तह, २०६१ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा दशजोड दुई कक्षा शुरु गर्नुका साथै २०७३ सालदेखि सिभिल इञ्जिनियरिङका र यसै शैक्षिक सत्रदेखि विज्ञान संकायका कक्षा सञ्चालन गरेको प्रधानाध्यापक बाबुराम पौडेलले जानकारी दिए । विद्यालयमा हाल एकहजार ८०० विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस