एकतर्फी खुल्यो मुग्लिन सडक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एकतर्फी खुल्यो मुग्लिन सडक


२० असार २०७५, बुधबार


चितवन । मुग्लिन नारायणगढ सडक एतर्फी सञ्चालनमा आएकोे छ । पहिरो पन्छाएपछि बुधबार दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएकोे हो ।

तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएको जानकारी अनुसार सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको छ।

दुईतर्फी बाटो ४ बजेपछि मात्रै खुल्ने सम्भावना रहेको आयोजनाका सूचना अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस