डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु, १ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु, १ घाइते


१९ असार २०७५, मंगलबार


डोटी । बिद्युतको पोल गाड्ने क्रममा डोटी आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका जयन्द्र खड्का, बिरेन्द्र खड्का, दीपक खड्का र हर्कवहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिए । करेण्ट लागेर अर्का बमबहादुर खड्का भने गम्भीर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिडेको बताए । उनले पाँच जनालाई करेण्ट लागेको खबर आएको वताउदै भने, ‘त्यसमध्ये तीन जनाको मृत्यु भइसकेको खबर छ, तर पुष्टि भइसकेको छैन ।’

उनले प्रहरी घटनास्थल पुग्न करीव डेढ घण्टा लाग्ने जानकारी दिए । घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस