प्रधानसेनापति क्षत्री चीन तथा म्यानमारको भ्रमणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति क्षत्री चीन तथा म्यानमारको भ्रमणमा


१९ असार २०७५, मंगलबार


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री म्यानमार र चीन भ्रमणका लागि मंगलबार त्यसतर्फ गएका छन् ।

उनी चार दिने म्यानमार भ्रमण पूरा गरी असार २४ गते चीन जाने कार्यक्रम रहेको छ ।

मंगलबार त्रिभुवन विमानस्थलमा प्रधानसेनापति क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाइ गरे ।

प्रधानसेनापति क्षत्री म्यानमारमा रहँदा त्यहाँका राष्ट्रपति, प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चीनमा रहँदा चिनिया रक्षामन्त्री, सेनाध्यक्षलगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी २९ स्वदेश फिर्ता हुने छन् । उनको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस