२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुधार नभए कालिमाटी बजार हटाइने – मन्त्री खनाल

अ+ अ-

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कालिमाटीका ९९ वटा स्टल सुधार गर्न जरुरी रहेको बताए ।

रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने, ९९ वटा स्टल सुधार गर्न जरुरी रहेको बताउँदै भदौसम्म सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन् । उनले भने, ‘सुधारका लागि हदैसम्म समय दिइएको छ । त्यति गर्दा पनि सुधार भएन भने बजार नै हटाइन्छ ।’

उनले कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेका स्टलहरुले समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढी लिएको भेटिएको बताउँदै त्यसमा कडाई गरिने बताए ।

समितिसँग दश हजारमा स्टलहरु लियर केही व्यक्तिले एक लाख दश हजारसम्ममा बेचेको भेटिएको उनले बताए । उनले स्टल जसले लिएको छ उसैले सञ्चालन गर्नु पर्ने बताए ।

कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका उपभोग्य वस्तु पाइएको पनि उनले बताए ।

मन्त्री खनालले किसानहरुले आफूले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरुसमक्ष पुर्‍याउने वातावरण बनाउने पनि विश्वास दिलाए ।

खनालले दुध र पानीमा कोलिफार्म र सोडा भेटिएको उल्लेख गर्दै भने, ‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दुधका नमूना संकलन गरेर परीक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुनै मात्रामा सोडा पाइएको छ, तर धेरैजस्तो दुधमा दुध नफाटोस भनेरमात्रै सोडा प्रयोग गरेको पाइयो, अब त्यसो पनि गर्नभएन, उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ ।’ त्यस्तै जार र मिनरल वाटर लगायतका पिउने पानीमासमेत कोलिफार्म भेटिएको भन्दै उनले आक्रोस पोखे । जनताको स्वास्थ्यमा खेलवाड नगर्न यी कम्पनिहरुलाई उनको आग्रह छ ।