मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ


१९ असार २०७५, मंगलबार


काठमाडौं । राज्यकोषको रकम हलिउड फिल्ममा लगानी गरेको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी)ले उनको पक्राउको पुष्टि गर्दै उनलाई स्थानीय समय अनुसार मंगलबार विहान ३ बजे आफ्नै घरबाट पक्राउ गरिएको बताएको छ । पक्राउ गरेर उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस