२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक खेप सुन ओसारेवापत भरियालाई पचास हजार

अ+ अ-

काठमाडौं । चीनको केरुङ नाका हुँदै एकखेप सुन काठमाडौं ल्याएको भरियाले ५० हजार लिने गरेको खुलासा भएका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार राती केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनमा पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङले एकखेपको ५० हजार लिने सर्तमा सुन ल्याएको प्रहरी सामु खुलाएका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले आइतबार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा कम्मरमा खैरो कालो छिर्के मिर्के रंगको लेडिज सलभित्र ६ किलोग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

सो अवसरमा परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चीनियाँ व्यापारी भएको र चीनबाट काठमाडौं ल्याएवापत एकपटकमा ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौं ल्याएको अनुसन्धानबाट खुलेको बताए ।

“सुन स्वयम्भुसम्म पु¥याउने र स्वयम्भुमा पुगेपछि अर्को मान्छेले फोन गरेर सुन लिन आउँछ भनेर चिनीया व्यापारीले सुन पठाएको समेत अनुसन्धानबाट खुलेको छ,”–उनले भने ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले पछिल्लो समय केरुङ नाका हुँदै धेरै सुन काठमाडौंलगायत देशका विभिन्न भागमा भित्रिने गरेको भन्दै प्रहरीले विशेष निगरानी राखेको बताए ।

उनले शनिबार भारत लैजाँदै गर्दा नागढुंगाबाट समातेको सुन र हिजो चीनबाट ल्याएको सुनमा कुनै सम्बन्ध नभएको पनि जानकारी दिए ।

परिसरले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । पक्राउ परेको सुनलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको परिसरले जनाएको छ ।

भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) बमोजिम अवैध रुपमा सुन ओसारपसार गर्नेलाई विगो र एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।