सेवा शर्तसम्बन्धी विधेयकबारे जानकारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेवा शर्तसम्बन्धी विधेयकबारे जानकारी


१८ असार २०७५, सोमबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराइयो ।

संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे पनि सदनलाई जानकारी दिइयो ।

प्रतिनिसभाका सचिव गोपालनाथ योगीले उक्त विधेयकमा समेटिएका विषयबस्तुबारे सदनलाई जानकारी गराएका थिए ।

ती दुबै विधेयक राष्ट्रियसभाले आजै सर्वसम्मतरुपमा पारित गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस