२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो

अ+ अ-

बाजुरा । साँफे–मार्तडी सडक जोड्ने सडकखण्ड अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गएको शुक्रबार अवरुद्ध बनेको सडक जेसिवी प्रयोग गरी सञ्चालनमा ल्याइए पनि आइतबार राति आएको पानीका कारण जिल्ला कारागार बाजुरादेखि गुइगाड खोलासम्मको सडकमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।

उनले दिएको जानकारीअनुसार अवरुद्ध सडक खोल्न पिएस कम्पनीलाई आग्रह गरिएको छ । पानी रोकिएपछि सडक खोल्ने कार्यलाई तीव्रता दिइने प्रहरी प्रमुख बोहराको भनाइ रहेको छ ।

साँफे–मार्तडी सडक जोड्ने गुइगाडको पुल बन्न नसक्दा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको बताइएको छ । उक्त खोलाको पुल निर्माण कार्य गर्न थालेको नौ वर्ष बित्न लागेको छ ।

ठेकेदारले समयमै पुल निर्माण नगरी दिँदा खोलाको बाटो सवारी साधनको आवतजावत बन्द भएको छ । अविरल वर्षाका कारण सवारी नचले पछि लामो र छोटो दूरीमा जान खोज्ने स्थानीयवासीले हैरानी खेप्नुपरेको छ । रासस