दुई विधेयक पारित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई विधेयक पारित


१८ असार २०७५, सोमबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ पारित गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिएयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बुधबार ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस