पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

सडक खण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान सवा पाँच बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुनः बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको छ ।

ठुलो पहिरो गएपछि बाटो अवरुद्ध र पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस