२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गम्भीर बन्दै गंगामायाको स्वास्थ्य

अ+ अ-

काठमाडौं । छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ ।

अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ दिनमा आइपुग्दा थप बिग्रिएको जानकारी दिए । उनी गत जेठ १५ गतेदेखि अनशन बसेकी हुन् ।

“उनी अनशन बसेको ३४ दिन भइसकेको छ, अवस्था पहिलेभन्दा गम्भीर छ,” निर्देशक बस्नेतले भने, “शरीर सुन्निँदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिएका छौँ ।”

यसैबीच नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वीर अस्पतालमा अनशनमा रहेकी गंगामाया अधिकारीलाई आज भेट गरेका छन् । वीर अस्पताल पुगेर केसीले गंगामायाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।

नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उनले कुनै प्रतिक्रिया दिइनन् । उनले अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बना भएको प्रतिक्रिया दिए ।

उनीसँगै मानवअधिकारकर्मी चरण प्रसाईं, पत्रकार कनकमणि दीक्षित, डा. केदारनरसिंह केसीलगायत पनि गंगामायालाई भेट्न अस्पताल पुगेका थिए । वि.सं. २०६१ जेठ २४ गते गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो ।

हत्या आरोपीको नाम किटानीसहितको मुद्दा उनीहरुविरुद्ध २०७० साल चैत ३० देखि चितवन जिल्ला अदालतमा विचाराधीन छ । न्याय नपाएको गंगामायाले गुनासो गर्दै आएकी छन् । छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनशन बसेकी थिइन् ।

अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनको ३३४औँ दिनमा २०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । न्याय नपाउँदासम्म श्रीमानको अन्तिम संस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अझै शिक्षण अस्पताल महाराजगञ्जको शव गृहमा राखिएको छ । रासस