नेपाली सेनाद्वारा पर्वतारोही शेर्पा सम्मानित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाद्वारा पर्वतारोही शेर्पा सम्मानित


१७ असार २०७५, आइतबार


काठमाडौं । नेपाली सेनाले आफ्नो झण्डा सर्वोच्च शिखर सगरमाथामा पु-याउन सफल भएका पर्वतारोही पेम्बा दोर्जे शेर्पालाई जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्मान गरेको छ ।

कार्यक्रममा पर्वतारोही शेर्पाले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई सर्वोच्च शिखर सगरमाथामा पु-याइएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको प्रतिमूर्ति र नेपाली सेनाको झण्डासहित आरोहण गरेको तस्वीर हस्तान्तरण गरेका थिए ।

प्रधानसेनापति क्षत्रीले गत चैत १४ गते सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा पर्वतारोही शेर्पालाई पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको प्रतिमूर्ति र नेपाली सेनाको झण्डा सर्वोच्च शिखर सगरमाथामा पु¥याउने कार्यका लागि हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस