२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

अ+ अ-

काठमाडौं । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २९ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. ५ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो ।

तालिम समापनका अवशरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति क्षत्रीले सैनिक अधिकृतहरुमा तालिमबाट जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न पेशागत दक्षताको विकास गर्नुको साथै उच्चतम निर्णायक क्षमता र योजना निर्माण गर्ने दक्षता समेत अभिबृद्धि भएको बताए ।

प्रधानसेनापति क्षत्रीले उक्त तालिममा समग्रमा सर्वप्रथम हुने महा सेनानी हिमांशु खड्कालाई ‘वेस्ट स्टुडेन्ट अवार्ड’ शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार २५,००० तथा ‘एकेडेमिक राईटिङ’ तर्फ प्रथम हुने महा सेनानी दिपेशजंग शाहलाई प्रमाणपत्र तथा नगद २५,००० र अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।