नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न


१७ असार २०७५, आइतबार


काठमाडौं । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २९ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. ५ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो ।

तालिम समापनका अवशरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति क्षत्रीले सैनिक अधिकृतहरुमा तालिमबाट जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न पेशागत दक्षताको विकास गर्नुको साथै उच्चतम निर्णायक क्षमता र योजना निर्माण गर्ने दक्षता समेत अभिबृद्धि भएको बताए ।

प्रधानसेनापति क्षत्रीले उक्त तालिममा समग्रमा सर्वप्रथम हुने महा सेनानी हिमांशु खड्कालाई ‘वेस्ट स्टुडेन्ट अवार्ड’ शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार २५,००० तथा ‘एकेडेमिक राईटिङ’ तर्फ प्रथम हुने महा सेनानी दिपेशजंग शाहलाई प्रमाणपत्र तथा नगद २५,००० र अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस