३ किलो सुनसहित पक्राउ परेका पाँचै जना सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

३ किलो सुनसहित पक्राउ परेका पाँचै जना सार्वजनिक


१७ असार २०७५, आइतबार


काठमाडौं । शनिबार प्रहरीले नागढुंगामा ३ किलो सुनसहित पक्राउ गरेका ५ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु अशोकलाल शाह, चन्द्रमोहन जोशी, दीपककुमार मोर्रे र नेपालीहरु सम्झना शाह र मनोज विक रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले भारतीय नम्बर प्लेट यूके ०२३६८४ नम्बरको मारुती कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको एयरफिल्टरमा लुकाएर लगिरहेको अवस्थामा सुन बरामद गरेको थियो ।

पक्राउ परेका पाँचै जनामाथि भन्सार ऐन, २०६४ बमोजिम अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने काठमाडौं प्रहरी परिसरले बताएको छ।

प्रतिक्रिया दिनुहोस