भ्रष्टाचार भएको भन्दै नगरपालिकाविरुद्ध पाँच वडाध्यक्षको अनशनमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भ्रष्टाचार भएको भन्दै नगरपालिकाविरुद्ध पाँच वडाध्यक्षको अनशनमा


१७ असार २०७५, आइतबार


गौशाला । महोत्तरीको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष अनशनमा बसेका छन् । उनीहरु नगरपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको भन्दै ११ बुँदे सहित आजाबट नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका हुन् ।

नगरपालिका प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीले मनलाग्दी गरिरहेको भन्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का विकाउ दास नगरपालिका परिसरमै अनशन बनेका हुन् ।

उता मिश्र र चौधनरीले पनि पत्रकार सम्मेलन गर्दै आफुले उनीहरुले आरोप लगाएको कुनै पनि कार्य नगरेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस