बारामा ६८ करोडबराबरको आँप उत्पादन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बारामा ६८ करोडबराबरको आँप उत्पादन


१७ असार २०७५, आइतबार


कलैया । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई ६८ करोड २५ लाखबराबरको १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।

उत्पादनभएका आँपमध्ये बम्बै ७५, माल्दा ७०, दशहरी ५० कृष्णाभोग ४० र अन्य आँप ३० देखि ३५ सम्ममा कलैया बजारमा बिक्री हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस