९६ औं राष्ट्रका रुपमा इटालिको रोभेरेतोमा फहराइयो नेपालको राष्ट्रिय झण्डा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

९६ औं राष्ट्रका रुपमा इटालिको रोभेरेतोमा फहराइयो नेपालको राष्ट्रिय झण्डा


१६ असार २०७५, शनिबार


काठमाडौं । इटालिको त्रेन्तिनो प्रदेशको रोभेरेटो शहरमा अवस्थित क्याम्पना डी क्यान्डुटी ९बेल अफ फलन० मा नेपालको राष्ट्रिय झण्डा पहराइएको छ।

९५ देशको झन्डा रहेको उक्त स्थानमा झन्डा राख्ने नेपाल ९६ औं मुलुक हो ।

बेल अफ फलनमा झन्डा राख्ने निर्णय नेपाल सरकार मन्त्रीपरिषदले सन् २०१७ नोभेम्बर १३ मा नै गरेको भएपनि आवश्यक सरकारी प्रक्रिया पूरा गर्दा समय लागेको आयोजक गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रबिन्द्र अर्यालले बताए ।

सन् १९२४ मा प्रथम विश्वयुद्धमा प्रयोग भएका तोपहरु पगालेर बनाइएको विश्वकै ठूलो चलायमान घण्टी रहेको सो स्थानमा नेपालको झण्डा फहराउँदा नेपाल र ईटलीको राष्ट्रिय गान बनाइएको थियो ।

उक्त घण्टी ३.२६ मिटर अग्लो, ३.२१ मिटर गोलाई, २२.६३९ टन वजनको छ । उक्त घण्टीको रालो मात्रै ६०० किलोको रहेको छ ।

८० बर्ष भन्दा लामो समयदेखि बज्ने दिनहुँ बज्ने यो घण्टीले नो मोर वारको सन्देश दिने वेल अफ फलन फाउण्डेसनका रिगेन्ट अल्बेर्टो रोवेलले बताए ।

कार्यक्रममा इटालीमा रहेका नेपाली समुदाय, इटाली एनआरएनका अध्यक्ष दिपेश रेग्मी, स्विजरल्याण्ड स्थित नेपालका राजदुत, इटालीको लागि नेपालका अबैतनिक महावाणिज्यदूत पाउलो नुगारी, नेपालको लागि इटालीको अवैतनिक महावानिज्यदुत सबिना श्रेष्ठ, कार्यक्रम संयोजक फेडेरिका रिकाडोना, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल लगायतको उपस्थिती थियो।

कार्यक्रममा इटालिमा बसोवासगर्ने नेपालीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमलाई इटालिको राष्ट्रिय समाचार माध्यमले समेत प्राथमिकताका साथ प्रसारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस