२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९६ औं राष्ट्रका रुपमा इटालिको रोभेरेतोमा फहराइयो नेपालको राष्ट्रिय झण्डा

अ+ अ-

काठमाडौं । इटालिको त्रेन्तिनो प्रदेशको रोभेरेटो शहरमा अवस्थित क्याम्पना डी क्यान्डुटी ९बेल अफ फलन० मा नेपालको राष्ट्रिय झण्डा पहराइएको छ।

९५ देशको झन्डा रहेको उक्त स्थानमा झन्डा राख्ने नेपाल ९६ औं मुलुक हो ।

बेल अफ फलनमा झन्डा राख्ने निर्णय नेपाल सरकार मन्त्रीपरिषदले सन् २०१७ नोभेम्बर १३ मा नै गरेको भएपनि आवश्यक सरकारी प्रक्रिया पूरा गर्दा समय लागेको आयोजक गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रबिन्द्र अर्यालले बताए ।

सन् १९२४ मा प्रथम विश्वयुद्धमा प्रयोग भएका तोपहरु पगालेर बनाइएको विश्वकै ठूलो चलायमान घण्टी रहेको सो स्थानमा नेपालको झण्डा फहराउँदा नेपाल र ईटलीको राष्ट्रिय गान बनाइएको थियो ।

उक्त घण्टी ३.२६ मिटर अग्लो, ३.२१ मिटर गोलाई, २२.६३९ टन वजनको छ । उक्त घण्टीको रालो मात्रै ६०० किलोको रहेको छ ।

८० बर्ष भन्दा लामो समयदेखि बज्ने दिनहुँ बज्ने यो घण्टीले नो मोर वारको सन्देश दिने वेल अफ फलन फाउण्डेसनका रिगेन्ट अल्बेर्टो रोवेलले बताए ।

कार्यक्रममा इटालीमा रहेका नेपाली समुदाय, इटाली एनआरएनका अध्यक्ष दिपेश रेग्मी, स्विजरल्याण्ड स्थित नेपालका राजदुत, इटालीको लागि नेपालका अबैतनिक महावाणिज्यदूत पाउलो नुगारी, नेपालको लागि इटालीको अवैतनिक महावानिज्यदुत सबिना श्रेष्ठ, कार्यक्रम संयोजक फेडेरिका रिकाडोना, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल लगायतको उपस्थिती थियो।

कार्यक्रममा इटालिमा बसोवासगर्ने नेपालीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमलाई इटालिको राष्ट्रिय समाचार माध्यमले समेत प्राथमिकताका साथ प्रसारण गरेका छन् ।