२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

अ+ अ-

लहान । सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् ।

जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति/सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत सात वर्षको अवधिमा यहाँबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएको जनाएको छ ।

आव ०६७/०६८ देखि हालसम्म यो जिल्लाबाट एक लाख आठ हजार ७१९ युवा वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये एक लाख आठ हजार ५१६ पुरुष र २०३ महिला रहेको सामी परियोजनाका जिल्ला संयोजक कविरकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार आव ०६७/०६८ देखि ०७४/०७५ को वैशाखसम्ममा यो जिल्लाबाट वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ४० हजार ३८७ जना कतार, ३० हजार ६५८ जना साउदी र २५ हजार ५६८ जना मलेसिया रहेका छन् ।

सामी परियोजनाअन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रबाट तीन वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि जिल्लाबाट ६५ जनाले निःशुल्क सीप सिकेर तथा १२ हजार ५६९ जनाले निःशुल्क सूचना तथा परामर्श लिएर वैदेशिक रोजगारमा गएको संयोजक चौधरीले बताए ।

यस्तै वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ३३ जनाको शव जिल्लासम्म ल्याउन सकिएको र तीमध्ये चालू आर्थिक वर्षमा २१ जनाको परिवारलाई दुई करोड ५६ लाख १० हजार १९३ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए ।

सिरहाबाट वैदेशिक रोजगारीमा जानेमध्ये करीब पाँच प्रतिशत मात्र दक्ष भएर जाने गरेकाले वैदेशिक रोजगार चुनौतीपूर्ण बनेको परियोजनाको ठहर छ ।

सो अवसरमा जिल्ला समन्वय समिति सिरहाका संयोजक रामचन्द्र ठाकुरले स्वदेशमै कुनै सीप अथवा जानकारी लिएर वैदेशिक रोजगारीमा गएमा युवाले दुःख नपाउने विश्वास व्यक्त गरे । रासस