पक्राउ परेका डा. केसीले हिरातबाटै थाले अनशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पक्राउ परेका डा. केसीले हिरातबाटै थाले अनशन


१६ असार २०७५, शनिबार


काठमाडौं । आमरण अनशन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपनि उनले प्रहरी हिरासतबाटै अनशन थालेका छन् । उनले प्रहरी हिरासतबाटै अनशन थालेको जानकारी दिएका हुन् ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई  जिल्ला प्रशासन कार्यालय छेउबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले फेरी सत्याग्रह थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस