घुस रकम सहित एक कर्मचारी पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घुस रकम सहित एक कर्मचारी पक्राउ


१५ असार २०७५, शुक्रबार


अख्तियार

काठमाडौं । वैजनाथ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बनकटवा बाँकेका इन्जिनियर मजित खाँ घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरबाट खटिएको टोलीले उनलाई २५ हजार घुस रकम सहित पक्राउ गरेको हो । उनलाई ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहिसँग घुस मागेको अभियोगमा अख्तियारले पक्राउ गरेको हो ।

खाँ कोहलपुर नगरपालिका वडा नं. ४ मदनचोक स्थित सार्वजनिक प्रतिक्षालयबाट घुस रकम सहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस