देशैभर धान दिवसको रौनक : मन्त्रीदेखी पूर्व प्रधानमन्त्रीम्म खेतमा (फोटो फिचर) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशैभर धान दिवसको रौनक : मन्त्रीदेखी पूर्व प्रधानमन्त्रीम्म खेतमा (फोटो फिचर)


१५ असार २०७५, शुक्रबार


काठमाडौं । आज असार १५ अर्थात् धान दिवस देशैभर धान रोपेर मनाइएको छ । नेपाल कृषिमा आत्मनिर्भर देश हो । नेपालमा अधिकांश मानिस कृषि पेसामा आश्रित छन् । आज असार १५ लाई देशै भरी किसानहरुले मनो छरी मुरी फलाउने दिनका रुपमा मनाएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोही दिनबाट नेपालमा यो दिवस् मनाउन थालिएको हो ।

धान दिवसकै अवसरमा विभिन्न मन्त्रीदेखी पूर्व प्रधानमन्त्रीसम्मले रोपाइमा सरिक भएर किसानलाई उर्जा दिएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले राजा शुद्धोधनले सुनको हलोले जोतेको कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि रहेको खेतमा पुगेर रोपाई गरे ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरको खरिपाटीमा पुगेर रोपाइमा सरिक भए । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको रोपाईमा सरिक भए ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा झापाको कमल गाउँपालिकाले आयोजना गरेको रोपाइमा सहभागी भएका थिए । विभिन्न प्रदेशका मन्त्री तथा मुख्य मन्त्री पनि धान रोपाइमा सरिक भएका छन् ।

हेर्नुस् रोपाइको रौनक फोटो फिचरमा

तस्बिर सबै : रासस

प्रतिक्रिया दिनुहोस