जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


१५ असार २०७५, शुक्रबार


काठमाडौं । एक बालिकालाई ललाइफकाई गरि करणी गर्ने एक अभियुक्त पक्राउ परेका छन् ।

महानगरिय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले अभियुक्त मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका–२ का ज्योती श्रेष्ठलाई पक्राउ गरेको हो । उनी काठमाडौं महानगरपालिका–८ गुहेश्वरी एरियाबाट पक्राउ परेका हुन्।

बालीकाकी आमासँग विगत पाँच वर्षदेखि दिदी नाता लगाई उनीसँगै बस्दै आएका श्रेष्ठले घरमा कोही नभएको मौका छोपी बालीकालाई बलत्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस