बावुराम धान रोपाइमा सहभागी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बावुराम धान रोपाइमा सहभागी


१५ असार २०७५, शुक्रबार


गोरखा । धान दिवसमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् ।

गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको रोपाईमा उनी सहभागि भएका हुन् । रोपाइमा सहभागि भएका भट्टराइले बीउ काड्ने, गोरु जोत्ने, हिल्याउने र बाउसे गर्ने कामसमेत गरेका थिए ।

रोपाइ पश्चात भट्टराइले नेपाल कृषि प्रधान देश भएको बताउँदै सरकारले कृषि क्षेत्रको विकासमा ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस