रसिया विश्वकप : यी हुन् उपाधि होडमा रहेका १६ टिम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रसिया विश्वकप : यी हुन् उपाधि होडमा रहेका १६ टिम


१५ असार २०७५, शुक्रबार


काठमाडौं । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इग्ल्याण्ड, कोलम्बिया र जापान अघिल्लो चरण पुगेका छन् । यी टिमले उपाधि होडका लागि नकआउट चरण खेल्दैछन् ।

साविक विजेता तथा चार पटक विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरियो । यस्तै, युरोपको राम्रो टिम मानिने पोल्याण्ड पनि अघिल्लो चरण पुग्न सकेन ।

सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, दुई पटकको विजेता अर्जेन्टिना अन्तिम खेल जितेर अघिल्लो चरण पुगे । रसिया, उरुग्वे, इग्ल्यान्ड, बेल्जियम र फ्रान्सले समूह चरणको एक खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका थिए ।

प्रि–क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टिम पुगेका छन् भने दक्षिण अमेरिकाबाट चार तथा उत्तर अमेरिका र एसियाबाट एक–एक टिम छन् । शनिबारदेखि नकआउट चरणका खेलहरू सुरु हुनेछन् ।

अन्तिम १६ मा पुग्ने टिमहरू
समूह ‘ए’ : उरुग्वे र रसिया
समूह ‘बी’ : स्पेन र पोर्चुगल
समूह ‘सी’ : फ्रान्स र डेनमार्क
समूह ‘डी’ : क्रोएसिया र अर्जेन्टिना
समूह ‘ई’ : ब्राजिल र स्वीट्जरल्याण्ड
समूह ‘एफ’ : स्वीडेन र मेक्सिको
समूह ‘जी’ : बेल्जियम र इग्ल्याण्ड
समूह ‘एच’ : कोलम्बिया र जापान

प्रि–क्वाटरफाइनल खेल तालिका
असार १६ : उरुग्वे भर्सेस पोर्चुगल
असार १६ : फ्रान्स भर्सेस अर्जेन्टिना
असार १७ : स्पेन भर्सेस रसिया
असार १७ : क्रोएसिया भर्सेस डेनमार्क
असार १८ : ब्राजिल भर्सेस मेक्सिको
असार १८ : बेल्जियम भर्सेस जापान
असार १९ :स्वीडेन भर्सेस स्वीटजरल्याण्ड
असार १९ : कोलम्बिया भर्सेस इग्ल्याण्ड

प्रतिक्रिया दिनुहोस