नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु


१५ असार २०७५, शुक्रबार


कञ्चनपुर । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ ।

बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो ।

चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो ।

दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस