निर्वस्त्र पारी महिला कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वस्त्र पारी महिला कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद सजाय


१४ असार २०७५, बिहिबार


दाङ । एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जिल्ला प्रशासन कार्यालय दाङले ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ ।

जेठ ९ गते सितगंगा नगरपालिका–९ ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई सार्वजनिक स्थलमा कुटपिट गर्ने राप्ती गाउँपालिका–१ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले फैसला गरेका हुन् ।

रेखा गुप्ता र अनिता गुप्ताबाट जनही ७ हजार ८ सय २० रुपयाँ उपचार खर्च भराउने आदेश पनि भएको प्रजिअ श्रेष्ठले जानकारी दिएका छन्।

आफूले भनेको मूल्यमा जग्गा बिक्री गर्न नमानेको भन्दै पुनलाई गत जेठ २५ गते भालुबाङमा शरीरका कपडा च्यात्दै निवत्र बनाएर कुटपिट गरेका थिए ।

प्रहरीले सामान्य झैझगडा भन्दै मिलापत्र गराई छोडे पनि अपमानजनक तरिकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले दुबैजनालाई जेठ २७ गते पक्राउ गरी कारवाही अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस