राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत


१४ असार २०७५, बिहिबार


काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुतगरेका थिए।

यस अघिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचनसम्बन्धी विधेयकलाई अध्यादेशका नल्याउन प्रतिबद्धता जनाउनुपर्ने बताए ।

उनले राष्ट्रिय सभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस