२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा, निर्माणको काम तीव्र

अ+ अ-

चितवन । शक्तिखोरस्थित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसको वातावरण प्रभाव मूल्यांकन (इआइए) को काम शुरु भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतका अनुसार असार पहिलो साताबाट सूचना जारी गरी इआइएको प्रक्रिया शुरु गरिएको हो ।

बस्नेतका अनुसार यही असार ७ गते प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (इआइए)का लागि सूचना जारी भइसकेको छ । मुलुकका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भइसकेकाले ती क्षेत्रमा पनि निर्माणको काम तीव्र पारिएको छ ।

“शक्तिखोर र झापाको दमकलाई प्राथमिकता दिएका छौँ,” उनले भने । वि.सं. २०७३ फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

चितवनको शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइँदैछ । सरकाले प्रदेश नं. १, २, ४ र ६ मा एक/एक, प्रदेश नं ३ मा २, प्रदेश नं ५ मा ३ र प्रदेश नं ७ मा दुईवटा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको छ ।

शक्तिखोरस्थित पूर्वमाओवादी लडाकुको शिविर नजिक एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको हो । डिपिआर र इआइएको काम सकिएपछि व्यवस्थापन र निर्माणको काम थालिने बताइएको छ । चितवनमा २५ प्रतिशत मात्रै रूख काटिने र त्यसमा पनि कुकाठ पर्नेछ । वातावरणमैत्री र पार्कसहितको अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण हुने अध्यक्ष बस्नेत बताए ।

कूल क्षेत्रमध्ये २५ प्रतिशत पार्कलाई छुट्याउनुपर्ने व्यवस्था छ । अब बन्ने औद्योगिक क्षेत्र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बन्ने बताइएको छ । पच्चिस प्रतिशत क्षेत्रमा पार्क हुनेछ । क्षेत्रभित्रै विद्यालय, खेलमैदान तथा अस्पताल बनाइनेछ । औद्योगिक क्षेत्र भित्रै अपार्टमेन्टसमेत निर्माण गरिने बस्नेतले बताए । आवासीय रुपमा मजदुर रहने व्यवस्था हुनेछ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले यहाँ औद्योगिक क्षेत्र निर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस्तै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्र निर्माणका लागि शुरुदेखि नै संघले पहल गरिरहेकाले अहिले काम तीव्र गतिमा अघि बढेको भन्दै आगामी एक वर्ष भित्रमा पहिलो ब्लकको संरचना निर्माण हुने आशा व्यक्त गरे । रासस