तोकियो विरोध प्रदर्शन गर्ने ठाउँ, कुन् कुन् ठाउँमा विरोध प्रदर्शन गर्न पाइने ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तोकियो विरोध प्रदर्शन गर्ने ठाउँ, कुन् कुन् ठाउँमा विरोध प्रदर्शन गर्न पाइने ?


१४ असार २०७५, बिहिबार


काठमाडौं । सरकारले फेरी विरोध प्रदर्शन गर्ने ठाउँ तोकको छ । जुन ठाउँ तोकिएको छ त्यो भन्दा अन्य ठाउँहरुबाट प्रदर्शन गर्न नपाइने गरी निश्चित ठाउँ तोकिएको छ । ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँ मात्रै तोकिएको छ ।

ललिपुरमा विरोध प्रदर्शनकालागि तोकिएको ठाउँ च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएका छन् । भने भक्तपुरमा सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ ।

यस अघि सरकारले काठमाडौंमा पनि विरोध प्रदर्शन गर्नका लागि निश्चित ठाउँ तोकेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकी अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो ।

काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकिएको छ ।

सधैँजसो विरोध प्रदर्शन हुँदै आएको माइतीघर मण्डलामा विरोध प्रदर्शनका लागि निशेध गरिएको थियो । साउन १ देखि कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस