२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको नियन्त्रण सरकारमाथि हुनु गलत भएको उपनेता गच्छदारको भनाइ

अ+ अ-

विराटनगर । काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गच्छदारले सो कुरा बताएका हुन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनु पर्नेमा उनले जोड दिएका छन् ।

उनले २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने काँग्रेस नेता गच्छदारले बताएका छन् ।

सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै जनहितका कार्य सरकारबाट हुनुपर्ने नेता गच्छधारको धारणा छ ।

गलत कार्य गर्ने निर्माण व्यवसायीहरुको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उनको भनाइ छ ।

उनले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास समेत व्यक्त गरे ।