२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महिनामा १३ जना बलात्कारको शिकार

अ+ अ-

भक्तपुर । भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका २४ वटा घटना भएको बताएका हुन् ।

ती घटनामा तीन जनाको हत्या, एकको हत्या प्रयास, दुईजनामा बलात्कारको प्रयास र पाँच महिला बहुविवाहबाट पीडित भएको उजुरी परेको उनले जानकारी दिए ।

गत वर्ष भने यो अवधिमा पाँच जनाको हत्या, चार जनाको बलात्कार, चार जनाको बलात्कार प्रयास भएको, दुईले बहुविवाह गरेको र दुई मानव बेचबिखनका घटनाको उजुरी परेको थियो ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले मानिस सचेत हुँदै गएका कारण यस्ता घटनाको उजुरी दिन थालेकाले घटनाको संख्या बढेको बताए। घटना भएसंगै प्रहरी पनि चनाखो भएकाले दोषी उम्कन कठिन हुने उनको भनाइ थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईँ) ले महिला मैत्री कानून बनाउँदा पुरुष पीडित बन्दै गएको बताउँदै सहमतिमै यौन सम्बन्ध राख्ने तर पछि लेनदेनमा कुरा नमिलेपछि बलात्कारमा उजुरी दिने बढ्दो प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य, पत्रकार लीला श्रेष्ठ लगायतले आपराधिक क्रियाकलाप बढ्नु चिन्ताको विषय भएको चर्चा गर्दै यसलाई रोक्न प्रहरी र पत्रकारबीच पनि समन्वय हुनुपर्नेमा जोड दिए । मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष रोशनराज अर्यालले मानव अधिकार उल्लंघनका घटना रोक्न सबै जिम्मेवार हुनुपर्ने बताए । रासस