दुई तिहाइ मतको दुरुपयोगले बिखण्डनकारीले फाइदा लिने खतरा : अध्यक्ष थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई तिहाइ मतको दुरुपयोगले बिखण्डनकारीले फाइदा लिने खतरा : अध्यक्ष थापा


१४ असार २०७५, बिहिबार


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन् ।

मिडिया नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका रहेको बताए।

उनले भने, “दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।” मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनको भनाइ छ ।

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताए ।

प्रतिक्रिया दिनुहोस