पहिरोले ७ घर पुरिए ३ जनाको मृत्यु, २ बेपत्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पहिरोले ७ घर पुरिए ३ जनाको मृत्यु, २ बेपत्ता


१४ असार २०७५, बिहिबार


धादिङ । धादिङमा पहिरोले सात घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । धादिङ को उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो गएको थियो । पहिरोमा परि ४ जना घाइते भएका छन्।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ वर्षीया वसोधा, छोरीहरु १० वर्षीया लक्ष्मी र ५ वर्षीया सरस्वतीको पहिरोमा परी मृत्यु भएको हो। उनीहरुको शव आज बिहान पहिरोबाट निकालिएको छ।

सो पहिरोबाट एक जनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए।

खनीयावास गाउँपालिका–४, चिउरीखर्कमा पहिरोले एक घर पुरिएको छ। सो पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय, दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिए।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा ५ घर पहिरोले बगाएकोे छ। घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ। रासस

प्रतिक्रिया दिनुहोस