पदाधिकारीलाई तोकियो सेवा–सुविधा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पदाधिकारीलाई तोकियो सेवा–सुविधा


प्रशासन विशेष ब्युरो

१४ असार २०७५, बिहिबार


धनुषा । स्थानीय तहका पदाधिकारीको सेवा–सुविधा सम्बन्धि बिधयेक पारित भएको छ ।

प्रदेश सभाको बुधबारको बैठकबाट महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समिति पदाधिकारी तथा सदस्यले पाउने सेवा–सुविधासम्बन्धि बिधेयक पारित भएको हो ।

नेकपाका सांसद रामचन्द्र मण्डलको सभापतित्वमा गठित विशेष समितिको बुधबारको बैठकले केही परिमार्जनसहित पेश गरेको प्रतिवेदनको आधारमा बैठकले बिधेयक पारित गरेको छ ।

जसअनुशार गाउँपालिकाको प्रमुखलाई मासिक ३१ हजार ५ सय, उपप्रमुखलाई २७ हजार ५ सय र वडाध्यक्षलाई २० हजार, नगरपालिकाका मेयरलाई मासिक ३५ हजार, उपमेयरलाई ३१ हजार र वडाध्यक्षलाई २२ हजार तोकिएको छ ।

त्यस्तै उपमहानगरपालिकाका मेयरलाई ४१ हजार, उपमेयरलाई ३५ हजार र वडाध्यक्षलाई २५ हजार तथा महानगरपालिकाका मेयरलाई ४३ हजार, उपमेयरलाई ४१ हजार ५ सय र वडाध्यक्षलाई २८ हजार रुपैया पारिश्रमिक तोकिएको छ ।

त्यसैगरी जिल्ला समन्वय समिति संयोजकलाई ४४ हजार र उप–संयोजकलाई ४२ हजार तथा सदस्यहरुलाई १० हजार रुपैया मासिक पारिश्रमिक तोकिएको छ भने स्थानीय तहका पदाधिकारी र सदस्यलाई मासिक पारिश्रमिकवाहेक सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता र यात्रा बिमावापत छुट्टै १० लाख रुपैयाँ सुविधा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस