जुम्लाबाट आमरण अनसन थाल्ने डा. केसीको घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जुम्लाबाट आमरण अनसन थाल्ने डा. केसीको घोषणा


१३ असार २०७५, बुधबार


काठमाडौं । प्रा. डा. गोविन्द केसीले पर्सिदेखि जुम्लाबाट आमरण अनसन थाल्ने घोषणा गरेका छन् । उनले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आमरण अनसन थाल्ने घोषणा गरेका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले आमरण अन्सन थाल्ने घोषणा गरेका छन् ।

आफूसँग भएको सम्झौताअनुसार उपत्यका बाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय भएपनि कार्यान्वयनप्रति आपत्ति जनाउँदै उनले सत्याग्रह थाल्ने बताएका हुन् । चिकित्सा शिक्षा सुधारका लागि यो उनको १५ औं सत्याग्रह हुने छ ।

प्रतिक्रिया दिनुहोस