बलात्कारपछि हत्या गर्ने एक जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलात्कारपछि हत्या गर्ने एक जना पक्राउ


१३ असार २०७५, बुधबार


विराटनगर । प्रहरीले बलत्कार पछि एक महिलाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला सिसौलीकी ४४ वर्षीया शान्तिकुमारी राई तामाङको हत्यामा संलग्न भएको आरोपमा मिक्लाजुङ–७ का हिकबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।

२० फागुनमा बलात्कारपछि ढुंगाले हिर्काएर तामाङको बस्नेतले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय कमल बोहोराको घरमा झाँक्री लगाई र्फकने क्रममा बस्नेतले ग्यांग्री खोला पुगेपछि बलात्कार गरी तामाङको हत्या गरेको खुलेको छ । प्रहरीले उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस