सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही गरिने : महाशाखा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही गरिने : महाशाखा


१३ असार २०७५, बुधबार


काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार सार्वजनिक महत्वपूर्ण सूचना निकालेर महाशाखाले त्यस्ता गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

महाशाखालेसामाजिक सञ्जाल दुरुपयोग गरी कैरकानुनी क्रियाकलाप गर्नेलाई कारवाही हुने बताएको हो । अर्काको नामको नक्कली खाता फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्स्ट्राग्रामलगायतका सामाजिक सञ्जालमा रहेका फोटोलाई अश्लिल बनाई पोस्ट गर्ने, भिडियोहरु बनाई सेयर गरी ईज्जत प्रतिष्ठामा आँच पुर्‍याउनेजस्ता गतिविधि नगर्न महाशाखाले आग्रह गरेको छ । त्यस तर्फ आफ्नो गम्भिर ध्यान गएको पनि महाशाखाले जनाएको छ ।

सामाजिक सञ्जालबाट धाकधम्की दिने, ब्ल्याकमेल गर्ने, गालिगलौज गरी कमेन्ट गर्नेजस्ता गतिविधि नगर्न पनि आग्रह गरेको छ ।

महाशाखाका अनुसार विद्युतीय कारोबार (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस