२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई कार्यस्थलमा काम गर्न चुनौती बढ्दै

अ+ अ-

काठमाडौं । बढ्दो निजीकरण र उदारीकरणले श्रमिक महिलालाई कार्यस्थलमा काम गर्न चुनौती बढीरहेको बताइएको छ ।

पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई) को एशिया प्यासेफिक रिजनल एक्जुकेटिभ कमिटीको महिला समितिको काठमाडौंमा जारी कार्यक्रमको बैठकमा यस्तो बताइएको हो ।

पब्लिक सर्भिस इन्टरनेशनल महासचिव रोसा पाभानेलले सरकारले उद्योग, कलकारखानालाई निजीकरण गर्दै लगिरहेको अवस्थामा श्रमिक महिलालाई विभिन्नखालका हिंसा बढ्दै गएको बताए ।

उनले भने, “कार्यस्थलमा महिलाको स्थिति दयनीय छ, एशियामा मात्र होइन पूरै विश्वमा नै महिलाहरु पीडित छन् ।”

उनले महिला कामदारलाई अनौपचारिक अर्थव्यवस्था, बराबर कामका लागि बराबर ज्याला नपाउनु र श्रमिकको छाता संस्थामा पनि महिला नेतृत्वमा आउन नसक्नु ठूलो चुनौती रहेको बताए ।

विश्व बैंकले पनि निजीकरणतर्फ जोड दिएकाले पनि महिलाको अवस्था दयनीय भएको उल्लेख गर्दै निजीकरणले धेरै नाफामात्र खोज्दा कामदार पछि परिरहेको धारणा राखे। सार्वजनिक र सरकारी कामदारको स्थिति नाजुक रहेको उनको भनाइ छ ।

स्वास्थ्य, शिक्षा, पानीजस्ता क्षेत्रमा निजीकरण भइदिँदा कामदार समस्या पर्ने कार्यक्रममा बताइएको थियो । तर राज्यको इच्छाशक्ति र क्षमता भएन भने प्रभावकारी कम हुने सहभागीले बताएका थिए ।

श्रमिक महिलालाई कार्यक्षेत्रमा हुने हिंसाविरुद्ध श्रम मन्त्रालयले नेतत्व लिनुपर्ने बताइएको थियो । पब्लिक सर्भिस इन्टरनेशनलले पनि कार्यस्थलमा हुने महिला हिंसा कम गर्न विभिन्न काम गरिरहेको छ ।

श्रीलङ्का सरकारले स्थानीय सरकारमा २५ प्रतिशत कोटा अनिवार्य गरेको उल्लेख गर्दै नेपालमा पनि राजनीतिक दलले महिलालाई राजनीतिमा आउन हौसला दिएको बताइएको थियो । महिला पक्षमा सकारात्मक पहल शुरु भएको नेपालले महिला सहभागितामा ४० दशमलव ७४ प्रतिशत अनिवार्य गरेको प्रशंसनीय भएको बताइएको थियो ।

साउथ एशिया प्यासेफिकका उपक्षेत्रीय सचिव कन्नन् रमणले भोलिसम्म चल्ने महिला समितिको बैठकमा अहिलेको महिला श्रमिक अवस्था र भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जानकारी दिए । रासस