मेलम्ची र ईटालिको रोभेरेटो बीच मित्रवत सम्बन्ध सुरुवात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेलम्ची र ईटालिको रोभेरेटो बीच मित्रवत सम्बन्ध सुरुवात


१३ असार २०७५, बुधबार


इटाली । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र इटालीको त्रेन्तिनो राज्यको रोभेरेटो नगरपालिका बीच भगिनी सम्बन्ध बिस्तार गर्ने बारे छलफल भएको छ ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल र रोभेरेटो नगरपालिकाका मेयर फ्रान्सिस्को भाल्दुगा बीच भएको भेटघाटका क्रममा दुई पक्षिय हितका लागि प्राविधिक र प्रविधि सहयोग गर्ने विषयमा छलफल भएको हो ।

इटालिको त्रेन्तिनो प्रदेशकि मन्त्री सारा फेरारी सँग मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल सहितको टोलिले उनकै कार्यकक्षमा भेटी उक्त विषयमा छलफल भएको हो । छलफलमा नेपालका लागि इटालीको अबैतनिक महाबाणिज्यदूत सबिना श्रेष्ठ, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य ध्रुब त्रिपाठि, गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रबिन्द्र अर्याल, ट्राभल्सकै अपरेसन म्यानेजर सुमन पाठक, संचार प्रमुख राजेन्द्र अर्याल लगायतको सहभागिता थियो । भेटघाट पनि फेरारि मेलम्ची नगरपालिकालाई आवश्यक आधुनिक शिक्षा प्रणाली, प्राविधिक शिक्षा प्रणाली, प्राविधिक शिक्षा सम्बन्धमा सहयोग इच्छुक रहेका बताइएको छ ।

ईटाली सरकार रैथाने ट्राउट माछा संरक्षणको लागिपनि सहयोग गर्न तयार देखिएको छ ।

त्रेन्तिनोकै अन्तरास्ट्रिय स्तरको उद्दार केन्द्र भ्रमणकेन्द्र गर्दा भविष्यमा नगरपालिकालाई आवश्यक उद्दार सामाग्री र प्राबिधिक ज्ञान आदानप्रदानको सम्बन्धमा पनि महत्वपूर्ण छलफल भएको बताइएको छ । नगरपालिका क्षेत्रमा उद्दार तालिमको सम्भाब्यता अध्यन गर्ने बिषयमा पनि छलफल भएको छ ।

कम्युनिटिका अध्यक्ष स्टेफानो विषफले मेलम्ची नगरपालिकालाई फोहोरमैला ब्यवस्थापनको बिज्ञ तथा कृषिको क्षेत्रमा सम्भाब्यता अध्यनको लागि बिज्ञ पठाउने इच्छा ब्यक्त गरेका छन् ।

भ्रमण नेपाल र इटाली सम्बन्धको लागि अत्यन्त फलदायी रहेको कुरा गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस