बीस लाख सहित हुण्डी कारोबारमा संलग्न पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बीस लाख सहित हुण्डी कारोबारमा संलग्न पक्राउ


१३ असार २०७५, बुधबार


काठमाडौं । हुण्डी कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले नयाँ बजारबाट तारकेश्वर नगरपालिका–२ का ७२ वर्षीया वालकृष्ण भण्डारीलाई पक्राउ गरेको हो ।

उनको साथबाट श्रोत नखुलको हुण्डी कारोवारको २० लाख रुपैयाँ र १ मोवाइल फेला परेको छ । उनलाई नियन्त्रणमा लियर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस