नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध


१३ असार २०७५, बुधबार


चितवन । पहिरो पन्छाएको झण्डै १५ घन्टापछि नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

चारकिलोमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडकखण्ड पुनः अवरुद्ध भएको हो । यसअघि मंगलबार बिहान परेको पहिरोले झण्डै ११ घन्टा सडक अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध सडक मंगलबार बेलुका ४ बजेपछि मात्रै सुचारु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार अहिले तीन डोजरले पहिरो पन्छाउने काम भइरहेको छ । ‘अबको दुई घन्टाभित्र (दिउँसो १२ बजे) सडक सुचारु हुन्छ भन्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

सडक अवरुद्ध भएपछि सडकखण्डमा गाडीको लामो लाम लागेको छ । विस्तारका क्रममा रहेको यो सडक पहिरोका कारण जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस