२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेमीसँग मिलेर श्रीमानको हत्या

अ+ अ-

धनगढी । भनिन्छ– प्रेमले मान्छेलाई पागल बनाउँछ । प्रेममा पर्नेले एक–अर्कालाई पाउन जुनसुकै हद पनि पार गर्छन् । यही भनाइ कञ्चनपुरको पुनर्वासमा सही सावित भएको छ । पुनर्वास नगरपालिका–२ की लक्ष्मी बडेला विष्टले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । लक्ष्मीले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

लक्ष्मीको माइती घर कैलालीको गोदावरी नगरपालिका–१० मा पर्छ । उनका प्रेमी पनि सोही वडाकै हुन् ।

तेजबहादुर र लक्ष्मीले गत वैशाखमा मागी विवाह गरेका थिए । असार ८ गते श्रीमतीसँगै ससुराली आएका तेजबहादुर सोही रातीदेखि बेपत्ता भए । दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरे ।

प्रहरी घटनाबारे अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा लक्ष्मी र उनका प्रेमीको संलग्नता देखिएपछि दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘अनुसन्धानका क्रममा आज कैलालीको भीमदक्त राजमार्गस्थित भासु भीरमा तेजबहादुरको शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलबहादुर विष्टले भने ।

प्रहरीका अनुसार दीपक र लक्ष्मी बिहे गर्न चाहान्थे । तर, लक्ष्मीका परिवारले दीपकसँग बिहे गर्न मानेनन् । त्यसपछि उनका परिवारले लक्ष्मी चाहनाविपरित कञ्चनपुरका तेजबहादुर विष्टसँग बिहे गरिदिए ।

प्रहरीका अनुसार लक्ष्मी र उनका प्रेमीले असार ८ गते राती तेजबहादुरलाई घुम्न जाऊँ भनी भीमदत्त राजमार्गको भासु भीरमा पुर्याएको र त्यही रडले टाउकोमा हानेर भासु भीरबाट खसालेका थिए ।