एसईई नतिजाको त्रुटि छानबिन गर्न तीन सदस्यीय समिति गठन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसईई नतिजाको त्रुटि छानबिन गर्न तीन सदस्यीय समिति गठन


१२ असार २०७५, मंगलबार


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षाको परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

एसईई नतिजा शनिबार प्रकाशित भएको थियो । सो प्रकाशित नतिजामाथि व्यापक आलोचना भएको थियो ।

आलोचना पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल छन् ।

शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले समितिलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस