चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीको सम्वोधन आज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीको सम्वोधन आज


१२ असार २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्वोधन गर्ने कार्यक्रम छ । आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउन उनले बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा सम्वोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । सो कार्यक्रम प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण मंगलबार सारिएको थियो ।

ओली ६ दिने चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका थिए । ओलीको चीन भ्रमणको क्रममा रेलवे लाइन, ऊर्जा, पूर्वाधार निर्माण लगायतका विषयमा सम्झौता भएको छ ।

ओलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन भ्रमणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस