२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको कार्यान्वयन कांग्रेसले मात्र गर्न सक्छः नेता निधि

अ+ अ-

बर्दिवास । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र उन्नत अभ्यासका लागि कांग्रेसभित्र सुदृढ एकताको आवश्यकता औँल्याएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आज जिल्लाका अगुवा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले कांग्रेसभित्रको बिग्रहले पार्टीमात्र नभई लोकतन्त्र नै कमजोर हुने भएकाले सङ्गठनभित्र सम्पूर्ण एकताको आवश्यकता औँल्याए ।

“यो मुलुकमा प्रजातन्त्र भन्नोस् वा लोकतन्त्र, कांग्रेसकै अगुवाइमा सम्भव भएको हो”–उनले भने, “कांग्रेसको जन्म नै प्रजातन्त्रका लागि भएकाले अहिलेको लोकतान्त्रिक संविधानको सफल कार्यान्वयन पनि कांग्रेसले नै गर्न सक्छ ।” यसका लागि पार्टीभित्र सुदृढ एकताको खाँचो भने रहेको निधिको भनाइ थियो ।

संविधान घोषणाको तीन वर्ष नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतीय शासन प्रणालीको कुरा उप्काएर मुलुकलाई अस्थिर बनाउन खोजेको उनको आरोप थियो । “कम्युनिष्टहरु उपयोगको नीतिले संविधान मान्दैछन्”–निधिले भने, “कांग्रेसका लागि त लोकतन्त्र उपयोगको कुरा हैन, जीवन पद्धति नै हो ।”

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जनतासँग न्यानो सम्बन्ध विकास गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध सङ्गठित अभियान बढाउन कार्यकर्तालाई अपिल गरे । कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताले पार्टी नेतृत्वबाटै विभाजित भएकामा रोष प्रकट गरेका थिए । रासस