प्रहरीद्वारा २५ रोपनी गाजा नष्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीद्वारा २५ रोपनी गाजा नष्ट


११ असार २०७५, सोमबार


डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले करीब २५ रोपनी क्षेत्रफल भित्र रहेको गाजा आज नष्ठ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्ब बहादुर विष्टको नेतृत्वमा गएको टोलीले दिपायल सिलगढी नगरपालीका वडा नम्बर ७ अन्र्तगत बनखेतमा बाझो जमिन र खेतबारीमा उम्रीएको करीब २५ रोपनी क्षेत्रफल भित्र रहेको गाजा नष्ट गरिएको हो ।

जिल्ला सदरमुकाम सिलगढी क्षेत्रबाट नजिकको क्षेत्र भित्र पर्ने हुँदा दिनानु दिन गाजा प्रयोगकर्ताहरुको संख्या बढीरहेकोले नष्ट गर्ने अभियान चलाइएको उनले बताए । सामुदायीक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार नरेन्द्र नाथले एस अभियानलाई सफल पार्न स्थानिएबाट पनि सहयोगको आसा गरिएको बताए ।

प्रहरीले एक साता अघी डोटीको जोरायल क्षेत्रमा १५ रोपनी क्षेत्रफल भित्ररहेको गाजा नष्ट गर्दै अभियानको सुरुवात गरेको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले प्रहरी र जनताबिचको सम्बन्ध सुमधुर होस भन्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा टोलटोलमा प्रहरी अभियान सञ्चालन गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस