२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको आज यहाँ अनावरण गर्नुहुँदै उनले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गरे ।

पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको भन्दै यसबाट नेपाललाई समाजवादसम्म सहजै पु-याउन सकिने बताए ।

नेपाल अब समृद्धितर्फ लाग्ने भन्दै उनले गतिशील भएर अगाडि बढ्नुपर्ने बताए । नेता नेपालले भने, “नदी गतिशील हुन्छ, अनि विद्युत् निस्किन्छ । तर पोखरीको पानी स्थिर हुन्छ, यसबाट कुनै शक्ति निस्किँदैन ।” उनले थप्नुभयो “हामी गतिशील हुनुपर्छ, जहाँ शक्ति प्राप्त हुन्छ ।”

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशमा उत्पादन बढाएर समाजवादतर्फ जानुपर्ने भन्दै हिजोका कतिपय मान्यता अहिले बाधक बनेको बताए ।

सो अवसरमा सांसद कृष्णभक्त पोखरेल र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पुष्पलालले देखाएकै बाटोका कारण आज देशमा यो उपलब्धि हासिल भएको भन्दै यसलाई संस्थागत गरी समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए ।

उक्त शालिक नारायणगढस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवन अगाडि स्थापना गरिएको छ । रासस