प्रधानमन्त्रीको सम्बोधन भोलीका लागि सर्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको सम्बोधन भोलीका लागि सर्यो


११ असार २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आज गर्ने भनिएको सम्बोधन भोली सम्मका लागि सरेको छ । ६ दिने चीन भ्रमणको उपलब्धी बारे संसदलाई आज संसदलाई जानकारी गराउने कार्यक्रम रहेको थियो ।

भोलीको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको उपलब्धि बारे संसदलाई जानकारी गराउने छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले ट्विट गर्दै उक्त जानकारी गराएका हुन् ।

उनले ट्विटमा लेखिएको छ ‘चीन भ्रमणका सम्बन्धमा जानकारी गराउन उहाँले संसदलाई सम्बोधन गर्ने कार्यक्रम भोलिका लागि यथावत छ ।’

प्रतिक्रिया दिनुहोस